२०२४ को युरोकप फुटबल जर्मनीले आयोजना गर्ने

सन् २०२४ को युरोकप फुटबल जर्मनीमा हुने भएको छ । युरोपियन फुटबल महासंघ ‘युएफा’ले १७ औं संस्करणको युरोकप आयोजनाको जिम्मेवारी जर्मनीलाई दिएको हो । स्विजरल्याण्डमा भएको मतदानमा अर्को दावेदार मुलुक टर्कीलाई पछि पार्दै जर्मनीले सन् २०२४ को युरोकप आयोजनाको जिम्मोबारी पाएको हो ।

मतदानमा जर्मनीले १२ र टर्कीले ४ मत पाएका थिए । जर्मनीका विभिन्न नौ शहरमा हुने सन् दुई हजार २४ को युरोकपमा २४ देशको सहभागिता रहनेछ । प्रतियोगिता जुन १० देखि जुलाई १० सम्म ३२ दिनसम्म हुनेछ ।