अर्जेन्टिनाका सुपरस्टार मेस्सीले २०२२को फिफा विश्व कप जिते पछि २०२२को बलोन डि’ओर पनि उनले जित्ने बार्साका स्टार स्ट्राइकर रोबर्ट लेवान्डोस्कीको विश्वास रहेको छ। एक अन्तर्वार्तामा मेस्सीको वारे बोल्दै २०२३को बलोन डि’ओर जित्ने मुख्य दाबेदार मेस्सी रहेको उनले दाबी गरे। ।
🗣️ Robert Lewandowski: “The Ballon d’Or already has an owner: Lionel Messi.” pic.twitter.com/vQ5bDTcla3
— Barça Worldwide (@BarcaWorldwide) December 25, 2022
“अवश्य पनि २०२३को बलोन डि’ओर मेस्सीले जित्ने धेरै सम्भावना छ। – रोबर्ट लेवान्डोस्कीले बताए।
“सायद उनी सँगै क्लबमा खेल्ने अर्को खेलाडी(एम्बाप्पे) पनि यसको प्रतिस्पर्धा हुनसक्छ तर तर यो सिजन कसले जित्ला भनेर निर्णय गर्ने एउटा मात्र विश्वकप छ र लियो अब निश्चित रूपमा जितको मुख्य दाबेदारको रूपमा छन् ।
🚨🎙️| Robert Lewandowski: “The World Cup decides the Ballon D’Or & now, Lionel Messi is the clear favourite to win it next year.”
— Managing Barça (@ManagingBarca) December 24, 2022
“उनले आफ्नो सपना हासिल गरेका छन्, अब उनले यस्तो मजा लिन सक्छन्।”
अर्जेन्टिनाका सुपरस्टार मेस्सी सँग खेल्न आफू इच्छा पनि रोबर्ट लेवान्डोस्कीले उक्त अन्तर्वार्तामा स्वीकारे र कुनै पनि स्ट्राइकर लियोनल मेस्सीसँग खेल्न इच्छुक हुने दाबी गरे।
Imagine Lionel Messi and Robert Lewandowski linking up 🤩 pic.twitter.com/OH3rKlc1Ml
— ESPN FC (@ESPNFC) December 24, 2022
लेवान्डोस्की हाल स्पेनिस क्लब बार्सिलोनामा खेल्छन्, जुन मेस्सीको पूर्व क्लब हो र मेस्सी फेरी बार्सा फर्किन चाहे उनलाई आफूले स्वागत गर्ने रोबर्ट लेवान्डोस्कीले बताए।
“यो मेरो हातमा छैन” लेवान्डोस्कीले सन्यास लिनुअघि मेस्सीसँग खेल्न चाहनुहुन्छ कि भनेर सोध्दा मुस्कुराउँदै भने।
“अवश्य पनि, हामी देख्छौँ कि उनी अब ‘प्लेमेकर’ जस्तै खेल्छन्, हुनसक्छ उनले कम गोल गर्छन् र आफ्नो टिम-मेटलाई धेरै पास दिन्छन् यद्यपि उनले गोल गर्न क्रम जारी अझै जारी छ।
“तर अन्य समयको तुलनामा हाल मेस्सी एक यस्तो फुटबल खेलाडी बनेका छन् जो सँग खेल्न सबै स्ट्राइकरको सपना हुन्छ।”