२०२२ विश्वकप क्वालिफायरको खेलमा गोलकिपरले यस्तो हास्यास्पद ओन-गोल गरे पछि

२०२२को विश्वकप क्वालिफायरमा क्यानाडा र हैटी बिचको फुटबल खेलको एक भिडियो हाल भाइरल हुँदै गएको छ। क्यानाडाले ३-०ले जितेको खेलमा भएको अनौठो ओन-गोलको हाल धेरै चर्चा हुँदै गएको छ भने सो भिडियो धेरै भाइरल हुन पुगेको छ।

खेलमा क्यानाडाको पहिलो गोल हैटीका गोलकिपरको ओन गोलबाट भएको थियो र त्यो गोलको लागि हैटीका गोलकिपरको निकै हास्यास्पद गल्ती रहेको थियो।

खेलको दोस्रो हाफमा हैटीका डिफेन्डर केविन लाफ्रान्सले आफ्नो गोल पोस्टमा गोलकिपरलाई ब्याक पास दिए तर गोलकिपर जोसु डवेगरले उक्त पासलाई नियन्त्रण गर्न सकेनन्। बाललाई नियन्त्रणमा लिने उनको पहिलो प्रयास असफल रहे पछि दोस्रो पटक उनले बल क्लियर गर्न बललाई प्रहार गर्न प्रयास गरे र उनको खुट्टा र बल बिच फेरी पनि सम्पर्क भएन र बलले गोल-लाइन पार गर्यो  र गोल भयो।

गोलकिपरको ओन-गोल धेरै हास्यास्पद थियो भने सो गोलको कारण क्यानाडाले खेलमा अग्रता पायो। विश्वकप क्वालिफायरको उक्त खेलमा क्यानाडाले ३-०को जित हासिल गरेको छ भन हाल गोलकिपरले गरेको सो हास्यास्पद ओन-गोलको भिडियो धेरै भाइरल हुँदै गएको छ।