“२०२२को विश्वकप खेल्न चाहन्छु”

डेनमार्कका स्टार खेलाडी क्रिस्टियन एरिक्सन यो वर्ष हुने २०२२ विश्वकप खेल्न अझै आफूमा आशा रहेको खुलासा गरेका छन्।

युरो २०२० को ग्रुप ए को फिनल्यान्ड र डेनमार्क बिचको खेल खेलमा डेनमार्कका मिड्फिल्डर क्रिश्चियन एरिक्सन खेलको बिचमा मुटुको समस्याको कारण लडेका थिए भने सो पछि उनी खेलमा फर्केका छैनन्।

उनको मुटुको समस्याको कारण उनले आफ्नो सरिरमा इम्प्लान्टेबल कार्डियोभर्टर डिफिब्रिलेटर(आईसीडी) जडान गर्नु परेको थियो र उक्त यन्त्र जडान भएका खेलाडीले सिरी एमा खेल्न केही मेडिकल “आवश्यकताहरू” पूरा गर्नु पर्ने हुने छ जुन गर्न एरिक्सन असफल रहेका छन्।

‘मेरो लक्ष्य कतारमा हुने विश्वकप खेल्ने हो । म खेल्न चाहन्छु, “एरिक्सनले डेनिस आउटलेट डीआरलाई भने।

“यो मेरो मानसिकता लामो समय देखि रहेको छ। यो एउटा लक्ष्य हो, सपना हो। म टिममा छनोट हुन्छु कि हुँदिन त्यो अर्को कुरा हो । तर फर्कने मेरो सपना हो।

 

“म पक्का छु कि म फर्कन सक्छु किनकि मैले केही फरक महसुस गरेको छैन।

“शारीरिक रूपमा, म राम्रो आकारमा फर्किएको छु। त्यो मेरो लक्ष्य हो र यो अझै केही समय टाढा छ, त्यसैले तब सम्म म फुटबल खेल्ने छु र म उही स्तरमा फर्केको प्रमाणित गर्नेछु।”

डेनमार्कका स्टार खेलाडी क्रिस्टियन एरिक्सनले यो सिजन इन्टर मिलानबाट खेल्न नपाउने भए पछि क्लबले उनलाई रिलिज गरेको थियो भने हाल उनि क्लब विहीन छन्।