२०२२को विश्वकप नजिकिँदै गर्दा, यो वर्ष कसले जित्ने भनेर धेरै भविष्यवाणी हुँदै गर्दा प्रसिद्ध भिडियो गेम निर्माता इए स्पोर्ट्सले पनि आफ्नो भविष्यवाणी सार्वजनिक गरेको छ भने इए स्पोर्ट्सले पछिल्लो ३ पटक गरेको भविष्यवाणी सफल भएको छ जब स्पेन, जर्मनी र फ्रान्सले विश्वकप जितेको थियो।
🇪🇸✅ 2010
🇩🇪✅ 2014
🇫🇷✅ 2018
🇦🇷❓ 2022EA SPORTS has got it right since 2010 👀 See how the FIFA World Cup played out in the #FIFA23 simulation and have your say 🏆 https://t.co/rQ24tEwrTg pic.twitter.com/EuiyhQnPQI
— EA SPORTS FIFA (@EASPORTSFIFA) November 8, 2022
इए स्पोर्ट्स प्रसिद्ध भिडियो गेम निर्माता हो भने इए स्पोर्ट्सले फिफा शृङ्खलाको भिडियो गेम बनाउने गरेको छ र हालै मात्र रिलिज भएको फिफा २३को प्रयोग गर्दै आउँदो विश्वकपको विजेताको इए स्पोर्ट्सले भविष्यवाणी गरेको छ भने यो वर्ष अर्जेन्टिनाले जित्ने इए स्पोर्ट्सले भविष्यवाणी रहेको छ।
इए स्पोर्ट्सले गरेको सिमुलेशन खेलको फाइनलमा अर्जेन्टिनाले ब्राजिलको सामना गरेको थियो भने सो खेलमा अर्जेन्टिनाले ब्राजिललाई १-०ले हराउँदै फाइनल खेल जितेको थियो।
2010 🇪🇸
2014 🇩🇪
2018 🇫🇷
2022 🇦🇷EA SPORTS has got every World Cup winner right since 2010 using FIFA simulations. It’s predicted Argentina to lift the trophy next month using FIFA 23 🏆 pic.twitter.com/uY0LQcIXGG
— ESPN FC (@ESPNFC) November 8, 2022
इए स्पोर्ट्सले आफ्नो गेम फिफामा रहेको सिमुलेशन अप्सनको प्रयोग गर्दै भविष्यवाणी गरेको हो भने २०१०, २०१४ र २०१८मा पनि इए स्पोर्ट्सले आफ्नो फिफा गेमको प्रयोग गर्दै विश्वकपको विजेताको भविष्यवाणी गरेको थियो भने तिनै पटक इए स्पोर्ट्सको भविष्यवाणी सफल भएको छ।
२०२२को विश्वकपमा मेस्सो शीर्ष गोल कर्ता हुने पनि उक्त सिमुलेशनले भविष्यवाणी गरेको छ। मेस्सीले उक्त सिमुलेशनमा ७ खेलमा ८ गोल गरेका थिए।