“२०२२को च्याम्पियन्स लिग र विश्वकप दुवै जित्ने मेरो लक्ष्य”

फ्रेन्च क्लब पिएसजीका युवा स्टार फरवार्ड किलियन एम्बाप्पेले ‘ग्लोब सकर अवार्ड’ जितेका छन् भने उनको लक्ष्य अझै धेरै ठुलो रहेको छ। २०२१को अन्त्य हुने नजिक रहेको छ भने २०२२को लागि एम्बाप्पेले आफ्नो योजना र सपना स्पष्ट गरेका छन्।

ग्लोब सकर अवार्ड’ जिते पछि उनले आफ्नो भविष्यको ’bout बोले भने २०२२मा च्याम्पियन्स लिग र विश्वकप दुवै जित्ने आफ्नो लक्ष्य रहेको उनले खुलाए र पिएसजीले च्याम्पियन्स लिगमा रियल म्याड्रिड सँग खेल्ने कुरा ’bout पनि उनले बोले।

“रियल म्याड्रिड-पीएसजी ’bout मैले देख्न वा भविष्यवाणी गर्न सक्ने एउटै कुरा पेरिस सेन्ट-जर्मेनको जित हो। – एम्बाप्पेले पिएसजी र रियल बिच हुने च्याम्पियन्स लिग राउन्डको १६को खेल’bout बोल्दै भने।

“यो कठिन, जटिल खेल हुनेछ – तर म २०२२मा च्याम्पियन्स लिग र विश्वकप दुवै जित्न चाहन्छु “,

यो सिजनको च्याम्पियन्स लिगको बाकी सबै खेल अब २०२२मा हुने छ र २०२२मा कतार विश्वकप पनि हुने छ र फ्रेन्च युवा स्टार दुवै जित्ने दाउमा रहेका छन्।