२०२१ को जानवरी रियल म्याड्रिडको लागि बिर्सनलायक

एजेन्सी, रियल म्याड्रिडको जानवरीमा प्रदशन खासै फलदाइ रहेन। जानवोरीको अन्तिम खेलमा लेभान्तेसंग आफ्नै घारेलु मैदानमा २-१ गोल अन्तरले पराजित हुन पुग्यो।

गत सालको जानवरीमा ७ खेलमा ६ खेल जित्दै नया सालको सुरुवात गरेका थिए। त्येस्तै एटलेटिको म्याड्रिडलाई पराजय गर्दै सुपरकोपा डे एस्पानाको उपाधी जितेका थिए।

यस सालको जानवरीमा भने दुइटा मुख्य उपाधीको दौडबाट बाहिरी सकेका छन। एटलेटिक बिल्बाओसंग सुपर कोपाबाट बाहिरिए। त्येस्तै, दोस्रो श्रेणीको क्लब एल्कोयानोसंग पराजित हुँदै कोपा डेल रेबाट पनि बाहिरिन पुगे।

सिजनको आठौ हार

रियल म्याड्रिडले यो सिजन आठ खेल हारिसकेको छ। यो तथ्यांक २ खेलमा १ खेल जिते सरह हो। उक्त नतिजाले कुनै उपाधी जित्न मुस्किल देखिनेछ।

सर्जियो रामोस

मैदानमा खराब लय चली रहदा मैदान बाहिर रियल म्याड्रिड समर्थकलाई सर्जियो रामोसको अस्वस्थाले पिरोलेको छ। उन्ले क्लबसंग सम्झौता नवीकरण गरेको छैन। उनी क्लब छोड्ने मनसायमा रहेको विभिन्न समाचारहरु बाहिर आएको छ।

मार्टिम ओदेगार्ड र लुका जिभिक

यी दुबै खेलाडिहरुले मौका नपाए पछि आर्सनल र फ्रन्कफर्ततर्फ लागेका छन। जोभिकले फ्रन्क्फर्तबाट गोलको बर्षा गर्न थालिसकेका छ्न।