२०२१मा ३ ठुलो स्टार साइन गर्ने रियल म्याड्रिडको योजना

रियाल म्याड्रिडले अर्को गर्मीमा ठूलो खेलाडीहरुलाई भित्राउने ट्रान्सफर योजना बनाउँदै गरेको खबर छ। खबर अनुसार २०२१ तिर रियलले काइलियन एम्बाप्पे, डायोट उपमेकानो र एडुआर्डो कामाविन्गा साइन गर्न प्रयास गर्ने छ ।

रियल म्याड्रिडले हाल महामारीको कारण यस गर्मीमा धेरै खर्च गरेको छैन। तर रियलले हाल २०२१को ट्रान्सफर योजना बनाएका छन् जसमा पेरिस सेन्ट-जर्मेनका सुपरस्टार एम्बाप्पे साइन गर्ने योजना समावेश छ।

जिदान आफ्नो क्लबमा सुपरस्टारहरु भित्राउन चाहन्छन्। एम्बाप्पे संगै उनको योजनामा आरबी लेइपजिगका स्टार उपमेकानो र रेनेसका कामाविन्गा पनि रहेका छन्।

स्पेनिश आउटलेट एएसका अनुसार, जिदान २०२१/२२ सिजन अगाडि सो खेलाडीहरु रियलमा भित्राउन चाहन्छन्। बोरुसिया डर्टमन्डका स्टार आर्लिङ हालान्ड पनि रियलको योजनामा रहेको खबर छ। उनलाई २०२२ सम्म साइन गर्ने जिदानको योजना रहेको कुरा छ।