‘२०२१मा महँगो स्टारहरु साइन गर्न रियलले यो बर्स खर्च नगर्ने’

Close-up of waving flag with Real Madrid C.F. football club emblem Russian Federation

२०२०को ट्रान्सफर विन्डोमा रियल निकै निष्क्रिय रहेको छ तर खबर अनुसार अर्को बर्स ठुलो स्टार साइन गर्न रियलले यो बर्स खर्च नगरेको हो।

४० बर्षमा पहिलो पटक, रियलले ग्रीष्म विन्डोमा खेलाडी हस्ताक्षर गर्न असफल भएको छ जसले जिदानेलाई निराश बनाएको छ। कोरोनाको कारण रियलले खर्च नगरेको कुरा पनि धेरै भएको थियो तर ए एसका अनुसार, काइलियन एम्बाप्पेलाई क्लबमा ल्याउनु रियलको मुख्य योजना रहेको छ र अर्को बर्स उनलाई साइन गर्नेमा रियल विश्वस्त रहेको कुरा छ ।

२१ बर्सका स्टारको मूल्य १०० मिलियन यूरो हुने छ यदि उनले आफ्नो पिएसजी सम्झौताको नवीकरण गर्न असफल रहे। हाल उनको सम्झौता २०२२ सम्म रहेको छ।

जिदान एम्बाप्पेको ठुलो प्रशंसक हुन् र उनलाई क्लबमा साइन गर्न जिदान धेरै इच्छुक रहेका छन् र उनि संगै रियलले अर्को दुई स्टार पनि साइन गर्ने योजना बनाएको कुरा छ।

खबर अनुसार अर्को बर्स रियलले एम्बाप्पेको संगै रेनेसका १७ बर्सका युवा स्टार इडुआर्डाे कामाभिंगा र आरबी लाइपजिगका स्टार डिफेन्डर डायेट उपमेकोनो साइन गर्ने योजना बनाएको छ र सो कारण यो बर्स रियलले खर्च गरेको छैन। पोग्बामा पनि जिदानले चासो देखाएका छन् र उनलाई पनि साइन गर्न रियलले प्रयास गर्न सक्ने कुरा छ।