२०२१मा नेमारले ब्राजिलियन राष्ट्रिय टिमसँग यस्तो ऐतिहासिक रेकर्ड बनाउन सक्ने

हाल युरोपको सबै प्रमुख घरेलु लिग अन्त्य भएको छ भने अब धेरै जस्तो खेलाडीहरूको ध्यान अन्तर्राष्ट्रिय खेलहरू र प्रतियोगितामा हुने छ। पेरिस सेन्ट-जर्मेनका स्टार फोवार्ड नेमारको लागि आउँदो अन्तर्राष्ट्रिय खेलहरू निकै ठुलो अवसर हुन सक्ने छ र उनले आउँदो कोपा अमेरिका र विश्वकप क्वालिफायरमा ब्राजिलका लेजेण्ड पेलेको रेकर्ड तोड्न सक्ने छन्।

गत वर्षको अक्टोबरमा नेमारले ब्राजिलका पूर्व स्टार स्ट्राइकर रोनाल्डोले ब्राजिलका राष्ट्रिय टोलीका लागि बनाएका रेकर्ड तोडेका थिए भने हाल उनको लक्ष्य पेलेको रेकर्डमा हुने छ।

ब्राजिलका लागि हाल नेमारको ६४ गोल रहेको छ र उनी ब्राजिलका सबै समयका शीर्ष गोल स्कोरर बन्ने क्रममा छन् र उनी पेलेको ७७ गोलको रेकर्डमा पुग्न उनलाई केवल १३ चाहिने छ।

ब्राजिलियन राष्ट्रिय टोलीका लागि सबै समयका शीर्ष गोल स्कोरर बन्न नेमारको २०२१ निकै राम्रो मौका हुने छ। ब्राजिलले यस वर्ष कम्तीमा १६ खेलमा भाग लिने छ। ब्राजिलले २०२२को विश्वकप क्वालिफाइंग खेल खेल्ने छ, जसमा अर्जेन्टिना र उरुग्वे जस्तो टिम विरुद्ध ब्राजिलले खेल्ने छ भने यो वर्ष कोपा अमेरिका २०२१ पनि हुँदै छ।

नेमारले १४ गोल गर्दै एक ऐतिहासिक रेकर्ड बनाउन सक्ने छन् भने सो क्रममा उनले महान् खेलाडी पेलेलाई पछि पार्ने छन्।