२०२१मा नेमारले ब्राजिलियन राष्ट्रिय टीमसंग यस्तो ऐतिहासिक रेकर्ड बनाउन सक्ने

पेरिस सेन्ट-जर्मेनका स्टार फोवार्ड नेमारले गत अक्टोबरमा ब्राजिलका पूर्व स्टार स्ट्राइकर रोनाल्डोले ब्राजिलका राष्ट्रिय टोलीका लागि बनाएका रेकर्ड तोडे।

ब्राजिलका लागि हाल नेमारको ६४ गोल रहेको छ र उनि ब्राजिलका सबै समयका शीर्ष गोल स्कोरर बन्ने क्रममा छन् र उनि पेलेको ७७ गोलको रेकर्डमा पुग्न उनलाई केवल १३ चाहिने छ।

ब्राजिलियन राष्ट्रिय टोलीका लागि सबै समयका शीर्ष गोल स्कोरर बन्न नेमारको २०२१ निकै राम्रो मौका हुने छ। ब्राजिलले यस वर्ष कम्तिमा १६ खेलमा भाग लिने छ। ब्राजिलले २०२२को विश्वकप क्वालिफाइंग खेल खेल्ने छ, जसमा अर्जेन्टिना र उरुग्वे जस्तो टिम बिरुद्ध ब्राजिलले खेल्ने छ।

नेमारले १४ गोल गर्दै एक ऐतिहासिक रेकर्ड बनाउन सक्ने छन् भने सो क्रममा उनले महान खेलाडी पेलेलाई पछि पार्ने छन्।