इङलिस प्रेमिएर लिग अन्तर्गत बुधबार भएको खेलमा लन्डन क्लब चेल्सीले ब्राइटनबिरुद्ध १-१ को बराबरी खेलेको छ ।
खेलमा चेल्सीले १० औं मिनेटमा स्पेनीस खेलाडी सेसर एजपीलिक्वेटाको गोलबाट अग्रता लियो ।
८४ औं मिनेटमा ब्राइटनका जाहानबाक्सले उत्कृष्ट बाइसाइकल गोल गर्दै खेल १-१ मा टुंगियो ।
बराबरीसंगै चेल्सी चौथौ स्थानमा यथावत रहेको छ भने ब्राइटन १३औ स्थानमा रहेको छ ।