२०२० ओलम्पिक र २०२२ विश्वकप सहित रसिया चार बर्षको लागि सबै खेलकुदबाट प्रतिबन्धित

विश्व डोपिंग विरोधी एजेन्सी (वाडा) द्वारा रूसलाई सबै प्रमुख खेलकुदबाट चार बर्षे प्रतिबन्ध लगाइएको छ।

यसको मतलब टोकियो २०२० ओलम्पिक र कतारमा फुटबलको २०२२ विश्वकप जस्ता प्रतियोगिताहरुमा रसियालाई भाग लिने अनुमति दिइने छैन।

तर खेलाडीहरू जसले आफु डोपिंग नगरेको प्रमाणित गर्न सक्छन ति खेलाडीले प्रतिस्पर्धा गर्न सक्षम हुनेछन् तर ति खेलाडीले रसियाको नाम बाट खेल्न पाउने छैनन् ।

वाडाको कार्यकारी समितिले स्विट्जरल्याण्डको लोज्नेमा भएको एक बैठकमा सर्वसम्मतिले निर्णय गरे।

रूसको खेलाडीहरु माथि प्रदर्शन बढावा गर्ने अवैध पदार्थ प्रयोग गरेको अथवा ‘डोपिंग’ गरेको दोष लाग्दै गरेको थियो र रसियाको एन्टि डोपिंग एजेन्सी (रुसाडा) ले अनुसन्धानकर्तालाई हस्तान्तरण गरेको प्रयोगशालाको डाटालाई हेरफेर गर्न गरेको कुरा खुले पछि रसिया चार बर्षको लागि सबै खेलकुदबाट प्रतिबन्धित भएको हो।