हामी २०२०को अन्त्यको धेरै नजिक रहेका छौं । कोरोनाले असर गरे पनि २०२०मा फुटबल जारी रह्यो भने खेलाडीहरुको उत्कृष्ट प्रदर्शन पनि जारी रह्यो। फुटबलमा मेस्सी र रोनाल्डो बीच धेरै तुलना हुने गरेको छ र रोनाल्डो २०१८मा नयाँ लिगमा गए पनि दुई बीच हुने तुलना पनि जारी रहेको छ तथ्याङ्क अनुसार मेस्सीको भन्दा रोनाल्डोको लागि बर्स २०२०मा उत्कृष्ट रहेको छ।
In 2020, Cristiano Ronaldo has scored more non-penalty goals (25) than Messi has total goals (24). pic.twitter.com/lKJBjAIuRX
— TeamCRonaldo (@TeamCRonaldo) December 6, 2020
२०२०/२१ सिजन पनि रोनाल्डो राम्रोनै रहेको छ भने उनले गोल गर्ने क्रम जारी रहेको छ र २०२०मा रोनाल्डोले धेरै गोल गरेका छन्- मेस्सीको भन्दा।
Ronaldo’s 2020 goals- Plus three goals for Portugal vs Sweden (x2) and Andorra
आश्चर्यजनक रूपमा रोनाल्डोको क्यालेन्डर बर्समा पेनाल्टी बिनाको गोलहरू मेस्सीको कुल गोल भन्दा बढी रहेको छ। २०२०मा रोनाल्डोको पेनाल्टी बिनाको गोल २५ रहेको छ भने मेस्सीको कुल गोल २४ रहेको छ।
Messi’s 2020 goals- Plus one goal for Argentina vs Paraguay
रोनाल्डो र मेस्सी बीच धेरै तुलना हुने गर्छ र २०१८ पछि पहिलो पटक दुई बीच फेरी प्रतिस्पर्धा हुन जादै छ। मंगलबार राती च्याम्पियन्स लिगको खेलमा दुई बीच फेरी भेट हुने छ जब युभेन्टस र बार्सिलोना भिड्ने छ। पहिलो लेगको खेलमा बार्साको जित भएको थियो भने युभे अब बदलाको खोजीमा हुने छ र यस पटक रोनाल्डो पनि टिममा हुने छन्।