२०२०मा बलोन डि’ओर नहुने

२०२०मा फुटबलमा कोरोनाभाइरसको प्रभावको कारण बलोन डि’ओर नहुने निर्णय भएको छ।

फ्रान्स फुटबलले सोमबार घोषणा गरेको थियो कि ‘असाधारण परिस्थिति’ ले यस वर्ष बलोन डि’ओर कार्यक्रम नहुने भनेर ।

विज्ञप्तिमा यस्तो लेखिएको थियो: “असाधारण परिस्थितिहरूको कारण १९५६ देखिको इतिहासमा पहिलो पटक बलोन डि’ओर नहुने भएको छ, पर्याप्त निष्पक्ष अवस्थाहरूको अभावमा २०२०मा फ्रान्स फुटबलले यो पुरस्कार दिने छैन ।”

बलोन डि’ओर नहुने भए पछि धेरै फ्यानहरु दुखि भएका छन् भने लेवान्डोव्स्की र बेन्ज़ेमाले यो सिजन बलोन डि’ओर जित्ने धेरैको अपेक्षाहरू थियो तर अब बलोन डि’ओर नहुने भए पछि धेरै जान खुसी भएका छैनन्।