२०१९/२० प्रिमियर लिग सीजनको रोचक तथ्या्कहरू जुन तपाईंलाई थाहा नहुन सक्छ

इतिहासको सब भन्दा लामो प्रीमियर लिग सीजन अन्तमा समाप्त भएको छ।

२०१९/२०२० सिजनलाई धेरै कुराले याद गरिनेछ- जुन कोरोनाभाइरसबाट प्रभावित भएको थियो तर लिग पूर्ण रूपमा समाप्त भयो।

यो सिजन लिभरपुलले उपाधि जितेको छ , जबकि नोर्विच, वाटफोर्ड र बोर्नेमाउथ रिलेगेशनमा परेको छ। यो सिजनमा धेरै उत्साह र मनोरन्जन थियो र धेरै अनौंठो कुराहरु पनि भयो ।

र स्काई स्पोर्ट्सले यो सिजनको रोचक तथ्या्कहरू प्रकाशित गरेका छन् जुन तल हेर्न सक्नु हुनेछ :-

१. बर्नलीको १४ अंकको सुधार प्रिमियर लिगमा सबैभन्दा ठूलो रहेको छ। यो सिजन बर्नलीको ५४ अंकको साथ १०औं स्थानमा रह्यो गत वर्ष ४० अंकको साथ १५औं स्थानको तुलनामा।

२. पिएरे–एमरिक अउबमेयाङ आर्सेनलका मात्र दोस्रो खेलाडी हुन् जसले लगातार सिजनमा २० गोल गरे। हेनरीले मात्र पहिला आर्सेनलको लागि २० भन्दा बढी गोल गरेका थिए २००१ र २००६को बीचमा।

३. यो सिजन युवा खेलाडीहरु(२० वर्ष भन्दा कम) ले २५ गोल गरेका छन्, जसमा १२ खेलाडीहरुले योगदान गरेका छन्, पछिल्लो दुई सिजनको कुल १९ रहेको छ।

४. २०१० पछि म्यान्चेस्टर युनाइटेड विरुद्ध गोल गर्ने युवा खेलाडी(२० वर्ष भन्दा कम) न्यूकासल युनाइटेडका म्याटी लांगस्ट्याफ बनेका छन् उनले अक्टुबरमा म्यान्चेस्टर युनाइटेड बिरुद्ध गोल गरेका थिए।

५. टोटेनह्यामले जुलाईमा बर्नमेउथ बिरुद्धको खेलमा टार्गेटमा एउटा पनि शट हान्न सकेनन, प्रीमियर लिगमा द चेरीको बिरूद्ध टार्गेटमा शट राख्न असफल हुने पहिलो टोली टोटेनह्याम बनेको छ।

६. अगस्ट २५मा भएको खेलमा टोटेनह्यामको ८०.२ पोजिसन हुँदा पनि खेल जित्न असफल भएको बढी पोजिसन भए पनि खेल हार्ने रेकोर्डमा यो अहिले दोस्रो स्थानमा पर्छ ।

७. मेसन ग्रीनवुड म्यान युनाइटेडका लागि यूईएफए प्रतिस्पर्धामा दुई वा बढी गोल गर्ने सबैभन्दा कान्छो खेलाडी बनेका छन्। १८ वर्ष ७२ दिनका थिए जब उनले एजी अलकमार बिरुद्ध २ गोल गरे।

८. वोल्भ्सले यो सिजन १० भन्दा कम हारले अन्त्य गरे जुन १९५८/५९ पछि पहिलो पटक हो।

९. ड्यानी इंगले यो सिजन तल्लो टिमबाट २० गोल गरे अन्तिम पटक ड्यारेन बेन्टले संदरल्याण्डसंग २००९/१०मा गरेका थिए।

१०. पेनाल्टी बिना गोल गर्नेमा इंग प्रीमियर लिगको शीर्ष स्कोरर हुन्।

११. अमेरिक ल्यापोर्टेको यो डिभिजनमा सब भन्दा राम्रो सेन्टर-ब्याक रेकर्ड छ। म्यान सिटीले प्रत्येक २२० मिनेटमा मात्र गोल खाएका छन् जब उनले खेलेका छन्।

१२. आर्सेनल अन्तिम पाँच सिजन जब लिगमा पाँचौं स्थान भन्दा कम स्थानमा रहेको छ त्यो समय कप फाइनलमा पुगेका छ।

१३. मिकेल आर्टेटा कप्तान र कोचको रुपमा एफ ए कप फाइनल जित्ने आर्सेनलको पहिलो व्यक्ति हुन्।

१४ यो सिजन चेल्सीको २७ प्रिमियर लिग गोलहरु २२ बर्ष वा तलको उमेरको खेलाडीहरूले गरेका थिए। जुन अघिल्लो चार सिजन तुलनामा धेरै छ।