२०१९ मा सर्वाधिक खोजिएको खेलाडीको सुची सार्वजनिक, शीर्ष स्थानमा मेस्सी कि रोनाल्डो?

२०१९ मा सर्वाधिक खोजिएको खेलाडी पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो बनेका छन् ।

‘ट्रान्सफर मार्केट’ले हालै सार्वजनिक गरेको एक सर्वेक्षणअनुसार ३४ वर्षीय रोनाल्डो सर्वाधिक खोज गरिएका खेलाडी बनेका हुन् ।

२०१९ सम्मको उक्त सर्वेक्षणअनुसार रोनाल्डोको प्रोफाइल धेरैले हेरेका छन् । त्यसपछि बार्सिलोनाका कप्तान लियोनल मेस्सी धेरै खोजिने खेलाडीमा पर्छन् ।

ट्रान्सफर मार्केटले सार्वजनिक गरेको उक्त सूचीमा सर्वाधिक ‘प्रोफाइल भिजिट’ हुने खलाडीमध्ये रोनाल्डो पहिलो र मेस्सी दोस्रो हुँदा पीएसजीका स्टार किलियन एम्बाप्पे तेस्रो स्थानमा आउँछन् ।

चौथो नम्बरमा गालातासरेका रेडेमेल फाल्काओ आउँछन् भने पाँचौं नम्बरमा ब्राजिलियन स्टार नेयमार छन् । छैटौं स्थानमा रियलम मड्रिडका इडेन हाजार्ड आउँछन् ।