२०१९ मा रोनाल्डोको युभेन्ट्सको तलब भन्दा इन्स्टाग्रामबाट धेरै कमाइ

इटालियन क्लब युभेन्ट्सका पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोलेे २०१९ मा युभेन्ट्सको तलबबाट भन्दा इन्स्टाग्रामबाट धेरै कमाइ भएको छ ।

रोनाल्डोले इन्स्टाग्रामको स्पन्सरसीपबाट युभेन्ट्सको तलब भन्दा धेरै कमाइ रहेको इटालियन फुटबल टिभीले जनाएको छ ।

रोनाल्डोले २०१९ मा इन्स्टाग्राम पोस्टबाट  $४७.८ मिलियन कमाउछ, जहाँ रोनाल्डोको १९४ मिलियन फ्यान्स रहेको छ ।

त्यस्तै रोनाल्डोले आफ्नो क्लब युभेन्ट्सबाट वार्षिक $३३.१ मिलियन कमाउने गरेको छ ।