२०१९ को अन्तिम खेलमा एसी मिलानको लज्जास्पद हार; अहिलेसम्म कै खराब प्रदर्शन

इटालियन लिग सिरी ए अन्तर्गत आइतबार भएको खेलमा एसी मिलानले एटालान्टाको घरेलु मैदानमा लज्जास्पद हार बेहोर्नुपरेको छ ।

२०१९ को अन्तिम खेलमा एसी मिलान एटालान्टाबिरुद्ध ५-० ले हारेको हो ।

खेलमा एटालान्टा गोमेजले १० औं मिनेटमा अग्रता दिलाए । दोस्रो हाफमा एटालान्टाले अर्को ४ गोल थप्दै ५-० को फराकिलो जित दर्ता गर्यो ।

जितसंगै एटालान्टा ५ औं स्थानमा रहेको छ भने एसी मिलान १० औं स्थानमा झरेको छ ।

यो एसी मिलानको २१ बर्षमा अहिलेसम्मको खराब प्रदर्शन पनि हो ।