२०१९को सर्वाधिक विकेट लिने खेलाडी बन्न सफल सन्दीप लामिछाने

Sandeep Lamichhane of DD bowls during match fifty five of the Vivo Indian Premier League 2018 (IPL 2018) between the Delhi Daredevils and the Mumbai Indians held at the Feroz Shah Kotla Ground, Delhi on the 20th May 2018. Photo by: Rahul Gulati /SPORTZPICS for BCCI

नेपालका चर्चित लेग स्पिनर सन्दीप लामिछाने र तीब्र गतिका बलर करण केसी सन् २०१९ मा टी–२० क्रिकेटमा विश्वकै सर्वाधिक विकेट लिने खेलाडीको शीर्ष स्थानमा अटाएका छन् ।

सन् २०१९ टी–२० क्रिकेटमा सर्वाधिक विकेट लिने खेलाडीमा सन्दीप, करण र नेदरल्यान्डका ब्रान्डम ग्लोभरले समान २८ विकेट लिएका छन् ।

सन्दीपले १६ खेलमा ५९ ओभर बलिङ गर्दै तीन्न सय ८४ रन खर्चिएर २८ विकेट लिएका थिए । यसैगरी नेदरल्यान्डका ब्रान्डम ग्लोभरले १९ खेलमा ६५ ओभर बलिङ गर्दै चार सय ४८ रन दिएर २८ विकेट लिएका थिए । नेपालका करणले १९ खेलमा ६५ ओभरमा बलिङ गर्दै चार सय ७६ रन खर्चिएर २८ विकेट लिएका थिए ।

चौथो स्थानमा रहेका आयरल्यान्डका मार्क आदिर र नेदरल्यान्डका पल भान मार्करेनले समान २७ विकेट लिएका छन् । नेपालमा अभिनास बोहोरो १७ खेलमा १६ विकेट लिएर ३५औं स्थानमा छन् ।

फगानिस्तानका स्पिनर राशिद खान १० खेलमा २० विकेट लिदै १९ औं स्थानमा छन् । सन् २०१९ मा सर्वाधिक विकेट लिने शीर्ष ४० खेलाडीमा टेस्ट राष्ट्रका ६ खेलाडीमात्रै अटाएका छन् ।

@Ratotpati