२०१८ मेरो करियरकै सबै भन्दा उत्कृष्ट बर्ष – रोनाल्डो

सिरि ए क्लब युभेन्ट्सका पोर्चुगिज स्टार क्रिष्टियानो रोनाल्डोले बर्ष २०१८ आफ्नो करियरकै सबै भन्दा सुखद बर्ष भएको बताएका छन् । २०१८ मा च्याम्पियन्स लिग जित्नुका साथै सोही बर्षमा युभेन्ट्समा आबद्द भएको कारण उनले २०१८ आफ्नो करियरकै उत्कृष्ट बर्ष भएको बताएका हुन् ।

रोनाल्डो यसै सिजन रियल मड्रिडबाट युभेन्ट्स गएका हुन् । युभेन्ट्समा आबद्द हुनु अघी उनले रियल मड्रिडबाट लगातर ३ पटक च्याम्पियन्स लिगको उपाधी जित्न सफल भएका थिए । रोनाल्डोले युभेन्ट्समा आफु निकै खुशी रहेको बताएका छन् । साथै रोनाल्डोले सिरिए टिमहरुको डिफेन्स निकै राम्रो भएको बताएका छन् ।

यस्तै रोनाल्डोले आफु ब्यक्तीगत रेकर्ड भन्दा पनि क्लबको सफलतामा बढी केन्द्रित भएको बताएका छन् । रोनाल्डोले भने – ‘म रेकर्ड तोड्न खेल्दिन, बरु म क्लबको सफलताको खेल्छु ।’ रोनाल्डोले युभेन्ट्सबाट च्याम्पियन्स लिग जित्ने आफ्नो सपना भएको र टोलीलाई हरेक ट्रफी जिताउन आफ्नो तर्फबाट सक्दो प्रयास गर्ने पनि बताएका छन् ।