२०१८ को विश्वकप अघिनै नेयमार रियल म्याड्रिडमा अनुबन्ध हुने

गत वर्ष मात्रै बार्सिलोना छोडेर पिएसजी पुगेका ब्राजिलिएन फरवाड नेयमार जे आर रियल म्याड्रिडमा आउने लगभग पक्का भएको छ।

तर रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदान भने नेयमार रियल म्याड्रिड आउने कुरा पक्का भएपनि मिडियामा सार्वजनिक गर्न चाहिरहेका छैनन्।

रियल म्याड्रिड घरेलु लिगको उपाधिबाट बाहिरिएपछि जिदानका सामु एउटै मात्र उपाधी दिलाउने ठाउँछ च्याम्पियनस लिग।

च्याम्पियनस लिगको फाइनल पछि मात्रै नेयमारको अनुबन्ध बारे मिडियामा आइदिए हुन्थ्यो भन्ने चाहना जिदानको रहेको बुझिएको छ।
नेयमार २०१८ को विश्वकप शुरुहुनु भन्दा अघिनै रियल म्याड्रिडमा आइसक्नेछन्। गत वर्ष १९२ मिलियन युरोमा पिएसजी पुगेका नेयमार रियल म्याड्रिडमा आउने खबरले एकपटक फुटबल जगतको ध्यान तानेको छ।

तर जिदानले भनेका छन्, ‘नेयमार मेरो खेलाडि हैन। मलाई अहिले नेयमारको वारेमा सवध्दै नसोध्नुहोस। मेरो ध्यान लगातार तेस्रोपटक च्याम्पियनस लिगको फाइनल खेलको तयारिमा छ।’ इएसपिएनले लेखेको छ।