२०१७ मा भिएआर भैदेको भए पिएसजीले बार्सिलोनालाइ हराउने थियो, पुर्व प्रशिक्षक उनाई इमिरेले बताए ।
बार्साको पिएसजीबिरुद्धको दोस्रो लेगको प्रख्यात कमब्याकको मद्धतले बार्सा च्याम्पियन्स लिगको राउन्ड अफ १६ बाट अघि बढे ।
Unai Emery on Barcelona’s 2017 Champions League remontada against #PSG at Camp Nou: “We [PSG] were eliminated because VAR did not yet exist. We were clearly eliminated by refereeing decisions.”#ForçaBarça #FCB pic.twitter.com/DMhOw1Xcdx
— Camp Nou Barça (@cnbarca) February 11, 2020
इमिरेले भने: “मैले लिग १, चार घरेलु कप र दुई सुपर कप जिते। मुख्य उद्देश्य भने च्याम्पियन्स लिग जित्नु थियो।
मेरो पहिलो सीजन (२०१७) मा, पहिलो लेगको खेलमा हामीले बार्सिलोनाबिरूद्ध धेरै राम्रो खेलेका थियौं, तर दोस्रो लेगमा, हामी नकआउट भयौं, किनभने त्यो समयमा भीएआर थिएन। “हामी रिफ्रीको गल्तीहरुको कारण नकआउट भयौं, त्यो स्पष्ट थियो ।
🗣 Unai Emery (ex-PSG coach) “Barça’s 1-6 comeback against us in the UCL? In 2017, in the round of 16 against Barcelona, we produced a very impressive level in the 1st leg (4-0 win). And in the 2nd leg, we were eliminated (1-6) because VAR did not exist yet.” [france football]
— FC Barcelona Fl (@FCBarcelonaFl) February 10, 2020
त्यसपछिको सीजनमा,हामी रियल म्याड्रिडबाट नकआउट भयौं, हामी एक उत्कृष्ट टोलीसँग हारे। जसले तीन वर्षमा लगातार च्याम्पियन्स लिग जितेर इतिहास बनाएको थियो, र त्यो समय पनि केहि रिफ्रीहरुको गल्ती थियो। “