२०१२ मा स्थापना भएको क्लबसंग टोटेन्ह्यामको हार

युरोपा कन्फरेन्स लिगमा टोटेनहम पराजित भएको छ ।

बिहीबार राति भएको खेलमा टोटेनहमलाई स्लोभानियाको मुरा एफसीले २-१ गोल अन्तरले पराजित गरेको हो ।

खेलको ११ औं मिनेटमा टोमी होर्भाटले गोल गर्दै मुरालाई अग्रता दिलाएका थिए ।

३१ औं मिनेटमा रायनले रातो कार्ड पाएपछि टोटेनहम १० खेलाडीमा समेटियो ।

खेलको ७२ औं मिनेटमा ह्यारी केनले गोल गर्दै टोटेनहमलाई १-१ गोलको बराबरीमा फर्काए ।

त्यसपछि खेलको इन्जुरी समयमा अमादेज मारोसाले गोल गर्दै मुरालाई २-१ को जित दिलाए ।

यस हारसँगै टोटेनहम समूह ‘जी’ को तेस्रो स्थानमा रहेको छ ।

टोटेनहमले ५ खेलमा ७ अंक जोडेको छ ।

मुरा ३ अंक जोडेर पुछारमा रहेको छ । मुरा २०१२ मेमा मात्र स्थापना भएको क्लब हो ।