२००९/१०मा म्यानचेस्टर युनाइटेडका लागि वेन रुनीको अद्भुत प्रदर्शनको सम्झना

वेन रुनी अझै पनि आफ्नो खेल क्यारियर भर एक अविश्वसनीय खेलाडी को रूपमा चिनिन्छन। यद्यपि, म्यानचेस्टर युनाइटेडमा २००९/१० सिजन उनको जीवनको उत्कृष्ट सिजन हुन सक्ने छ।

वेन रूनी इंग्लिश फुटबल र प्रीमियर लिग ईतिहासमा सबैभन्दा उत्कृष्ट खेलाडी मध्ये एक हुन्। प्रिमियर लिगमा ३०० भन्दा बढी गोलहरू संलग्न भएका एकमात्र खेलाडी, रुनी आफ्नो प्राइममा उत्कृष्ट थिए र म्यानचेस्टर युनाइटेड र इंग्ल्याण्ड टिममा उनले धेरै वर्षसम्म योगदान गरे।

यद्यपि उनको सर्वश्रेष्ठ सिजन २००९/१० को सिजन थियो जब उनी युनाइटेडमा निकै राम्रो खेल्दै थिए र एक गोल मेसिन थिए।

जब क्रिस्टियानो रोनाल्डो र कार्लोस तेभेजले क्लब छोडे उनले युनाइटेडलाई अघि लागे। रुनीले सो सिजन ३४ गोल गरे र ७ असिस्ट पनि गरे- उनले प्रिमियर लिगमा २६ गगोल रे भने च्याम्पियन्स लिग नकआउट चरणमा ५ गोल गर्न सफल भए ।

दुर्भाग्यवश युनाइटेड चौथो पटक लगातार प्रीमियर लिगमा जित्न असफल भए र युरोपबाट पनि नकआउट भए तर रूनी आफ्नो योगदानको कारण पीएफए र एफडब्ल्यूए प्लेयर अफ द ईयर पुरस्कार जित्न सफल भए।