२००२को विश्वकपमा रोनाल्डो नजारियोको त्यो उत्कृष्ट प्रदर्शन

२००२को विश्वकप ब्राजिलले जितेको थियो र सो जितमा रोनाल्डोको महत्वपूर्ण भूमिका रहेको थियो। २००२को विश्वकपमा फ्यानहरुले उनको उत्कृष्ट प्रतिभा देखे र सो समय उनलाई रोक्न लगभग असम्भव थियो।

२००२को विश्वकपमा ८ गोल गर्दै गोल्डन बुट पनि उनले जितेका थिए र हाल सामाजिक संजालमा उनको त्यो समयको प्रदर्शनको भिडियो भाइरल हुदै गएको छ।

रोनाल्डो, जो त्यस समयमा इन्टर मिमानका लागि खेलिरहेका थिए, सो समय उनको खेल संगै उनको त्यो हेयरकट पनि प्रसिद्ध रहेको थियो।

२००२को विश्वकप फाइनलमा जर्मनीलाई २-० ले पराजित गर्दा रोनाल्डोलेनै उक्त २ गोल गरेका थिए।