१९ वर्षका युवा प्रतिभा साइन गर्न नजिक युभेन्टस

युभेन्टस १९ वर्षका युवा प्रतिभा इमानुएल पेकोरिनो साइन गर्न नजिक छन् । ला सिसिलियाका अनुसार युभे पेकोरिनो साइन गर्न उन्नत वार्तामा छन्।

यस सिजन १९ वर्षका फोवार्डले काटानिया को लागि सिरी सीमा राम्रो प्रदर्शन गरेका छन् भने १४ खेलमा ५ गोल गरेका छन्।

इमानुएल पेकोरिनो पहिले मिलान प्राइवेरा टीमका एक हिस्सा थिए। युभेन्टसले हाल उनलाई यु-२३ टिममा प्रयोग गर्ने खबर छ।

उनको लागि युभेन्टसले €१ र थप बोनस रकम काटानियालाई तिर्ने खबर छ। हाल युभेन्टस आक्रमणकर्ताहरु साइन गर्ने योजनामा छन् डिबालाको चोट पछि उनको विकल्पमा प्रयोग गर्न सकिने खेलाडी साइन गर्ने युभेको योजना रहेको खबर छ।