१९ बर्षिय सिनरलाई सिटि ओपनको उपाधि

एजेन्सी, इटालीका युवा टेनिस खेलाडी जानिक सिनरले सिटि ओपन जित्न सफल भएको छ । आइतबार फाइनल खेलमा अमेरिकन माकेन्जी वासिङ्टनलाई हराउदै करिअरको तेश्रो उपाधी जितेको हो ।

१९ बर्षिय सिनरले माकेन्जीलाई ७-५, ४-६, ७-५ को सेटमा पराजय गरेको हो ।

यस्तै, उनी एटिपी ५०० जित्ने सबैभन्दा कान्छो खेलाडी समेत बनेको छ ।

उसले गत साल सोफिया र यस बर्षको शुरुवात मेल्बोर्नमा जित्दै लगातार दुई उपाधी जित्न सफल समेत भएका थिए ।

त्येस्तै, उनको गत सालको फ्रेन्च ओपनको क्वार्टरफाइनलमा पुग्नुनै ग्राण्ड स्लाम अहिले सम्मको उत्कृष्ट प्रदशन रहेको छ ।