एजेन्सी । फुटबलका सर्वकालिन महान खेलाडि पेलेले १९६८ मा इंग्लिस क्लब म्यान्चेस्टर युनाईटेडमा अनुबन्ध हुन अस्विकार गरेका थिए । ब्राजिलियन क्लब सान्टोसमा रहन पेलेले युनाईटेडको प्रस्ताव टुक्राएका हुन् ।
त्यस बखत पेलेले आफ्नो नाममा दुई विश्व कप उपाधी जितिसकेका थिए ।
१९६८ मा युनाईटेडले पोचुगिज क्लब बेन्फिकालाई हराउदै च्याम्पियन कप जितेका थिए । युनाईटेडमा बेस्ट, चार्ल्टन र डेनिस ल जस्ता खेलाडिको बर्चस्व थियो ।
तर, पेले सान्टोस नछाड्ने मनसायमा थिए । उनले युनाईटेडसंगै अन्य युरोपियन क्लबको प्रस्ताव अस्विकार गरे ।
ब्राजिलियन क्लब सान्टोसमा पेले १८ वर्ष बिताए । उनले क्लबबाट ६०० बढी गोल समेत गरे ।
त्यसपछी, १९७५ मा पेले अमेरिकन क्लब न्यु योर्क कसमसमा आबद्ध भए । उनले त्यहाँ दुई वर्ष बिताउदै खेल जिवनबाट बिदा भए ।