१८ वर्षका ब्राजिलियन वन्डरकिड साइन गर्न इच्छुक रियल म्याड्रिड

हाल ब्राजिलमा १८ वर्षका कायो जर्जको धेरै चर्चा हुदै छ। सान्तोसका वन्डरकिडले ग्रिमियो बिरुद्धको खेलमा २ गोल गर्दै आफ्नो क्लबलाई कोपा लिबर्टाडोरसको सेमी फाइनलमा पुग्न मद्दत गरे।

१८ वर्षका युवा स्टारको तुलना सान्तोसकै पुर्व स्टार नेमार संग हुने गरेको छ। सान्तोस ब्राजिलमा युवा स्टार उत्पादन गर्नको लागि धेरै प्रसिद्ध छ र हाल १८ वर्षका कायो जर्जको धेरै चर्चा हुने गरेको छ।

खबर अनुसार उनि माथि ला लिगा क्लब रियलको नजर छ र नेमार जस्तै उनि पनि ला लिगामा खेल्न सक्ने छन्। उनि र नेमार बीच धेरै तुलना हुने गरेको छ र कायो जर्ज पनि नेमारकै निर्णय पछ्याउने खबर छ।

हाल खबर अनुसार रियल म्याड्रिड १८ वर्षका वन्डरकिडलाई साइन गर्न इच्छुक छन्।