जोजे माउरिन्होले टोटेनह्यामको प्रशिक्षण समालेपछि क्लबमा पहिलो अनुबन्धनको रूपमा पोर्चुगिच मिडफिल्डर गेडसन फर्नान्डेजलाई भित्र्याएका छन् ।
BREAKING: Spurs have confirmed the 18-month loan with an option to buy for Benfica’s Gedson Fernandes 🇵🇹 pic.twitter.com/houZq0BPw7
— B/R Football (@brfootball) January 15, 2020
माउरिन्होले २१ वर्षे फर्नान्डेजलाई १८ महिनाका लागि लोनमा भित्र्याएका हुन्। मौसा सिसोे घुँडामा चोटका कारण तीन महिना मैदानबाहिर रहने भएपछि उनको स्थानमा फर्नान्डेजलाई भित्र्यायाएका हुन्। उनी ७३ मिलियन डलरमा टोटेनह्याममा आबद्ध भएका हुन्। टोटेनह्यामले विज्ञप्तिमार्फत पोर्चुगिच स्टारलाई क्लबमा भित्र्याएकोमा खुसी व्यक्त गरेको छ।‘बेनफिकाबाट फर्नान्डेजलाई लोनमा १८ महिनाका लागि भित्र्याएका छौं। उनको आगमनमा निकै खुसी छौं,’ क्लबको विज्ञप्तिमा उल्लेख छ। पोर्चुगलको सिनियर टोलीबाट दुई खेल खेलेका फर्नान्डेजले आफ्नै देशका माउरिन्होसँग क्लबमा बिताउँछन्।
‘सबै युवा खेलाडीको चाहना माउरिन्होसँग काम गर्ने हुन्छ। उनी उत्कृष्ट प्रशिक्षक हुन्, सबैको इच्छा उत्कृष्टसँग काम गर्ने हुनेछ। माउरिन्होसँग काम गर्न पाउँदा म पनि खुसी छु,’ फर्नान्डेजले भने।
‘मेरा लागि यो स्थानमा खेल्नु उत्कृष्ट क्षण हो। यो स्टेडियममा आउन पाउँदा एकदम खुसी छु,’ फर्नान्डेजले भने। माउरिन्होका साथीसमेत रहेका एजेन्ट जर्ज मेन्डेसको पहलमा फर्नान्डेज लन्डन क्लबमा आएका हुन्। ह्यारी केनसँगै केही खेलाडी इन्जुरी रहेकाले माउरिन्होले अझै खेलाडी अनुबन्धन गर्ने सक्नेछन्।
क्लबले एसी मिलानका क्रेजिस्टोफ पिउटेकसँगै क्रिस्टियन बेनटेके, इडिसन काभानी र पूर्वस्ट्राइकर फर्नान्डो लोरेन्टलाई टोटेनह्याम भित्र्याउने चाहना राखेको छ। साथै क्लबले केयल वाल्कर र क्रिस्टियन इरिक्सनलाई लोनमा बाहिर पठाउने लक्ष्य राखेको छ। यस सिजन प्रिमियर लिगमा आठौं स्थानमा रहेको टोटेनह्याम चौथो स्थानको चेल्सीभन्दा ९ अंकले पछि छ। पोर्चुगलको सिनियर टोलीबाट दुई खेल खेलेका फर्नान्डेजले आफ्नै देशका माउरिन्होसँग क्लबमा बिताउँछन् ।