१८ बर्सका हालान्डलाई साइन गर्ने अवसर अस्वीकार गर्दै बार्साले यो खेलाडी साइन गरेको खुलासा

२०१९को जनवरीमा बार्सिलोना संग १८ बर्सका हालान्डलाई साइन गर्ने अवसर रहेको बेला बार्साले हालान्डको सट्टा केभिन–प्रिन्स बोइटेङलाई साइन गरेको खबर छ।

हाल एर्लिङ हालान्ड उत्कृष्ट खेलाडीहरु मध्ये एक बनेका छन्। २०१९मै बार्सा संग उनलाई साइन गर्ने अवसर रहेको पूर्व बार्सा खेल निर्देशक जेभियर बोर्डास खुलाए ।

हालान्डको बारे प्रस्न गर्दा जेभियर बोर्डासले भने “किनभने उनीहरूले(बार्सा बोर्ड) मलाई भने कि उनी बार्सा खेलाडी होइनन्।

“मैले बुझें कि बार्टमेउ प्राविधिक सचिवको सुझाव वेवास्ता गर्ने गर्छन, तर सत्य यो हो कि यी खेलाडीहरू(हालान्ड) आउन सक्थे, तर उनीहरूले कस्तो प्रदर्शन गर्न सक्छन् भन्ने कुरा तपाईंलाई थाहा हुदैन।”

हालान्डको सट्टा २०१९को जनवरीमा बार्साले केभिन–प्रिन्स बोइटेङलाई साइन गरे र ६ महिनामा मात्र उनले ४ खेल खेले भने हालान्ड हाल एक युवा स्टारको रुपमा अगाडी बढी रहेका छन्।