१८ बर्सका वन्डरकिडले गरे यस्तो उत्कृष्ट च्याम्पियन्स लिग गोल

रेड बुल साल्जबर्गका १८ वर्षीय करीम अदेमीले मंगलबार राति आफ्नो पहिलो च्याम्पियन्स लिग गरे- र यो त्यो गोल निकै उत्कृष्ट रहेको थियो। लोकोमोटिव मस्को बिरुद्धको खेलमा १८ बर्सका वन्डरकिडले निकै उत्कृष्ट गोल गरे।

 

लोकोमोटिव मस्कोका डिफेन्डर मुरिलो सर्कीराले बल नियन्त्रण गर्ने प्रयास गर्दै गर्दा करीमले उनको खुट्टाबाट बल खोसे र सबैलाई पछि पार्दै गोल तिर निकै उत्कृष्ट दौड लगाए। उनले आफ्नो गति र ड्रीबल गर्न सक्ने क्षमता देखाउँदै डि-बक्स भित्र निकै राम्रो शत प्रहर गर्दै गोल गरे।

सो गोल उनको पहिलो च्याम्पियन्स लिग गोल रहेको थियो र सो गोल र १८ वर्षीय करीम अदेमीको हाल धेरै चर्चा हुदै गरेको छ।

सो खेल साल्जबर्गले ३-१ले जितेको थियो हाल साल्जबर्ग च्याम्पियन्स लिगको ग्रुप एको तेस्रो स्थानमा रहेको छ।