१८ बर्षे युवाको गोलमा म्यान्चेस्टर युनाइटेडको जित

चाइनाको हाङकोउ स्टेडियममा भएको खेलमा म्यान्चेस्टर युनाइटेडले टोटेन्ह्याम बिरुद्ध जित निकालेको छ ।

म्यान्चेस्टर युनाइटेडका एन्टोनी मार्स्यलले २१ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए ।

त्यसै गरि दोस्रो हाफको ६५ औं मिनेटमा टोटेन्ह्यामका लुकास मौराले गोल गर्दै खेल बराबरीमा ल्यायो । र खेलको ८१ औं मिनेटमा १८ बर्षे युवा एन्जेल गोमेसले गोल गर्दै युनाइटेडलाई पुर्न अग्रता दिलाए र त्यसपछि कुनै गोल नभए पछि म्यान्चेस्टर युनाइटेडले २-१ ले खेल जित्यो ।

म्यान्चेस्टर युनाइटेडले आफ्नो प्री सिजन खेलमा यो पहिलो गोल खाएको हो र यो युनाइटेडको चौथौ लगातार जित हो ।