१७ वर्ष अगाडी मेस्सीले ‘बार्सा बी’बाट डेब्यू गरेका थिए

१७ वर्ष अगाडी यो दिन मेस्सीले बार्सिलोना बीबाट आफ्नो पहिलो खेल खेलेका थिए। मार्च ६ २००४मा मेस्सीले बार्साको रिजर्भ टिमबाट मटारो विरुद्ध खेले। उनले पुरै ९० मिनेट खेल भने यो खेल बार्साले १-०ले जितेको थियो।

सो समय उनी मात्र १६ वर्ष थियो तर पनि उनको प्रदर्शन निकै उत्कृष्ट रहेको थियो। हाल उनको सो बेलाको खेलको भिडियो भाइरल हुँदै गएको छ।

सो खेलमा उनले गोल नगरे पनि उनको प्रदर्शन निकै राम्रो रहेको थियो। ११ नम्बरको जर्सी लगाएका मेस्सीले सो खेलबाट सबैको ध्यान आकर्षित गरे भने सो खेलको ७ महिना पछि उनले बार्साको सिनियर टिमबाट डेब्यू गरे।

सत्र वर्ष पछि, मेस्सी हाल एक सुपरस्टार हुन् र उनले ६५८ गोल गरेका छन् भने ६ बलोन डि’ओर र १० लिग उपाधि पनि जितेका छन्।