१७ वर्षक फ्रेन्च युवा स्टार इडुआर्डाे कामाभिंगा हाल विश्व फुटबलका एक युवा प्रतिभा मध्ये एक हुन् र युक्रेन बिरुद्धको खेलमा उनले आफ्नो प्रतिभा देखाएका छन्।
अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा विश्वविजेता फ्रान्सले फ्रान्सले बुधबार राति भएको खेलमा युक्रेनलाई ७-१ गोलको अन्तरले पराजित गर्याे । सो खेलमा १७ वर्षका युवा स्टारले निकै उत्कृष्ट ओभरहेड गोल गरे जसको चर्चा हाल सामाजिक संजाल भएको छ।
🇫🇷Eduardo Camavinga (2002)
Midfielder – France⚽️1st goal for his 2nd game with the French Team.
2nd younger scorer in the French team History.
Brillant as a defensive midfielder, brillant as a box-to-box.
So much maturity & serenity and he’s only 17.
Generational talent. pic.twitter.com/FNcnhPzhiB— 🔎 (@FocusPlayer_) October 8, 2020
खेलको स्कोर ०-० रहेको बेला उनले ८ मिनेटमा निकै उत्कृष्ट ओभरहेड गोल गर्दै फ्रान्सलाई अगरता दिलाए।
उनि फ्रान्सको लागि गोल गर्ने दोस्रो सबै भन्दा कान्छो खेलाडी बनेका छन् (७ वर्ष ११ महिना) पहिला स्थानमा मौरिस गस्टिगर रहेका छन् जसले १९१४ मा फ्रान्सका लागि स्विजरल्याण्डबिरुद्ध गोल गरेका थिए सो समय उनि १७ वर्ष ५ महिनाको उमेरका थिए।
🇫🇷 Eduardo Camavinga 💫
Sam flagged him in a wonderkid ranking in September 2019. Since then he’s grown rapidly, made his France debut and scored his first France goal.
He’s going to be world class! pic.twitter.com/UuJchPxvjy
— Ranks FC (@RankSquad) October 8, 2020
घरेलु मैदानमा खेलमा फ्रान्सलाई फराकिलो जित दिलाउन ओलिभर जिरुउडले दुई गोल गर्न सफल भए । त्यस्तै इडुआर्डाे कामाभिंगा, कोरेन्टिन टोलिसो, केलियन एमबाप्पे र एन्टोइन ग्रिजमनले गोल गरे । एक गोल फ्रान्सले आत्मघाती उपहार पाएको थियो । उता युक्रेनका भिक्टोरले एक गोल फर्काए ।
खेलको पहिलो हाफमा ४ गोल गरेको फ्रान्सले दोस्रो हाफमा तीन गोल गर्न सफल भएको थियो । सेसन्स लिगको तेस्रो र चौथो चरणको खेल खेल्न लागेको फ्रान्सले खेलअघि उत्कृष्ट प्रदर्शन गर्न सफल भएको हो ।
नेसन्स लिगमा समूह ‘ए’ को ३ मा रहेको फ्रान्सले पोर्चुगलसँग १२ अक्टोवरमा तथा १५ अक्टोवरमा क्रोएसियासँग खेल्ने तालिका छ । समूहमा पोर्चुगल ६ अंक जोडेर शीर्षस्थानमा रहँदा समान ६ अंक भए पनि फ्रान्स गोलअन्तरमा दोस्रो स्थानमा छ ।