म्यान्चेस्टर युनाइटेड र बार्सिलोना र्यापिड भियनाका १७ बर्सका फोवार्ड युसुफ डेमिर साइन गर्ने दौडमा रहेका छन्। युरोपा लिगमा आर्सनल बिरुद्धको खेलमा र्यापिड भियनाको सिनियर टिमको लागि युसुफ डेमिरले डेब्यू गरेका थिए।
Manchester United and Barcelona want Yusuf Demir as Austrian wonderkid’s stock continues to rise.https://t.co/PIJaVncQRL
— 101 Great Goals (@101greatgoals) December 23, 2020
उक्त युवा स्टारको धेरै चर्चा हुने गरेको छ र उनि माथि म्यान्चेस्टर युनाइटेड र बार्सिलोना जस्तो क्लबको चासो रहेको छ।
Man Utd ‘enter race’ for midfield wonderkid Yusuf Demir who impressed against Arsenal this season https://t.co/Rfs6oOsGTa
— The Sun Football ⚽ (@TheSunFootball) December 24, 2020
खबर अनुसार बार्सिलोना सो युवा स्टार साइन गर्न इच्छुक छन् र अर्को बर्सको गर्मी बार्साले उनलाई साइन गर्न प्रयास गर्ने कुरा छ। उनि माथि म्यान्चेस्टर युनाइटेडको पनि चासो रहेको छ। म्यान्चेस्टर युनाइटेडले पनि युवा फोवार्डलाई साइन गर्न प्रयास गर्ने खबर छ।
र्यापिड भियना संग युवा फोवार्ड युसुफको सम्झौता २०२२ सम्म रहेको छ। १५ बर्सको उमेरमै उनले निकै राम्रो खेल खेल्दै युरोपियन क्लबहरुको ध्यान आकर्षित गरेका थिए।