१७ बर्षका युवा स्टार साइन गर्न रियल म्याड्रिड €६० मिलियन तिर्न तयार

रियाल म्याड्रिड फ्रेन्च लिग १का १७ बर्षका युवा स्टार साइन गर्न €६० मिलियन तिर्न तयार रहेको खबर छ।

खबर अनुसार स्टेड रेनैसिस एफ.सीका १७ वर्षका एडुआर्डो कामाविंगा माथि रियलको चासो रहेको छ। १७ वर्षीय युवाको प्रदर्शन हाल निकै राम्रो रहेको छ भने उनको टिम लिगको तेस्रो स्थानमा छन्।

उनले क्लबको लागि ३४ खेल खेलका छन् भने १ गोल पनि गरेका छन्।

उक्त युवा माथि रियलको नजर रहेको खबर छ भने जिदानलाई उनको खेल राम्रो लागेको कुरा खुलेको छ। उनको लागि रियल €६० मिलियन तिर्न तयार रहेको खबर छ, एडुआर्डो कामाविंगाको राम्रो खेलको कारण धेरै क्लबले उनि माथि चासो दिन थालेको हो।

१७ वर्षका खेलाडीलाई उत्कृष्ट युवा प्रतिभा मध्ये एकको रूपमा लिएको छ र उनलाई साइन गर्न बार्सा र बोरुसिया डर्टमन्डपनि इच्छुक रहेको खबर छ।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ