£१६ मिलियन मूल्य रहेको विंगर साइन गर्न टोटनह्याम र चेल्सी बीच प्रतिस्पर्धा

ब्रेन्टफोर्ड प्रिमियर लिगमा बढुवा हुन असफल भए पछि केहि खेलाडीहरु क्लब छोड्ने क्रममा रहेका छन् भने केहि राम्रो खेलाडी माथि ठुलो क्लबले चासो राख्न थालेको छ।

खबर अनुसार चेल्सी स्पर्स ब्रेन्टफोर्डका विंगर बेनरह्मा साइन गर्न चाहन्छन्। बेनरह्माको खेल निकै राम्रो रहेको थियो भने उनले क्लबलाई प्रिमियर लिगको धेरै नजिक लागे तर फुलह्याम संगको हार पछि ब्रेन्टफोर्ड प्रिमियर लिगमा बढुवा हुन असफल भयो।

द मिररका अनुसार टोटनह्याम, चेल्सी र आर्सनल उक्त खेलाडी साइन गर्न प्रतिस्पर्धामा छन् तर चेल्सी र स्पर्स भने खेलाडी साइन गर्न नजिक रहेका छन्।

चेल्सी विलियन प्रतिस्थापन गर्न चाहन्छन तर चेल्सी संग हाकिम ज़ियाच पनि छ भने आर्सनलले विलियन साइन गर्ने क्रममा भए पछि स्पर्सले दुई क्लबलाई पछि पार्न सक्ने कुरा पनि रहेको छ।