१६ बर्सका युवा डिफेन्डर साइन गर्न म्यान सिटी र चेल्सी प्रतिस्पर्धामा

म्यान सिटी र चेल्सी १६ बर्सका युवा साइन गर्न प्रतिस्पर्धामा रहेको खबर छ ।

बोरुसिया डोर्टमन्डबाट १६ बर्सका युवा खेलाडी नामदी कोलिन्स साइन गर्न दुई क्लब प्रतिस्पर्धामा छन्। १६ वर्षका खेलाडी क्लबका युवा टीमको लागि उत्कृष्ट प्रदर्शन गर्दै छन्।

डिफेन्डरको प्रदर्शनको कारण युरोपका शीर्ष क्लबहरूको नजर उनि माथि परेको छ, यद्यपि उनले अहिलेसम्म डोर्टमन्डको पहिलो टीमको लागि खेलेका छैनन्।

बिल्डका अनुसार म्यान सिटीले आउँदो गर्मीमा उनको हस्ताक्षर सुरक्षित गर्ने छ।

चेल्सीको चासो पनि कोलिन्समा छ र हालका चेल्सी कोचले पनि युवा खेलाडीमा आफ्नो प्राथमिकता राखेका छन्।

यो अस्पष्ट छ कि कोलिन्सले कुन क्लब रोज्ने छन् तर खबर छ कि उनलाई साइन गर्ने दौडमा सिटी अगाडी रहेको छ ।