१५ बर्समा पहिला पटक मेस्सी वा रोनाल्डो बिनाको च्याम्पियन्स लिग सेमीफाइनल

२००५ पछि पहिलो पटक च्याम्पियन्स लिग सेमीफाइनलमा लिओनेल मेस्सी र क्रिस्टियानो रोनाल्डो अनुपस्थित हुने छ ।

बार्सिलोनाको क्वार्टरफाइनलमा बायर्न म्युनिखसँग ८ -२ को लजास्पद हार पछि मेस्सीले पनि यो बर्स सेमीफाइनल मिस गर्ने पुष्टि भयो। यसै बीच रोनाल्डोका युभेन्टस लियोन संग राउन्ड अफ १६मा नकआउट भएको थियो र फलस्वरूप १५ बर्समा पहिला पटक मेस्सी वा रोनाल्डो बिनाको च्याम्पियन्स लिग सेमीफाइनल हुने छ।

मेस्सी र रोनाल्डोले धेरै च्याम्पियन्स लिग सफलताको आनन्द लिएका छन् तर केहि बर्स देखि दुबै च्याम्पियन्स लिगमा केहि असफल भएका छन् ।

पछिल्लो हारसंगै बार्सिलोनाले आफ्नो प्रशिक्षक सेटियनलाई बर्खास्त गरेको छ । ला लिगा उपाधि रियल मड्रिडलाई सुम्पिएपछि उनको भविष्यमाथि आशंका उत्पन्न भएको थियो ।

अब बुन्डेसलिगा च्याम्यिन बायर्नले फाईनल प्रवेशका लागि शनिबारकाे रात हुने म्यान्चेष्टर सिटी र लियोनबीचको विजेतासंग खेल्नेछ ।