१४ वर्षमै टिम कप्तान बनेका यी युवा खेलाडीमा म्यान्चेस्टर युनाइटेडको नजर

बल्गेरियन खबर अनुसार आर्सेनल र म्यानचेस्टर युनाइटेडले सीएसकेए सोफियाका सेन्टर-ब्याक भ्यालेन्टीन एन्टोभलाई हेर्न स्काउट्स पठाएका छन्।

वेस्ट ह्यामले पनि उक्त खेलाडीमा चासो देखाएको विश्वास गरिन्छ।

एन्टोभले यस सिजनमा अहिलेसम्म बुल्गेरियाको शीर्ष लिगमा ७ पटक खेलीसकेका छन्, साथै युरोपा लिगमा दुई खेल खेलेका छन्।

मिररको दाबी छ कि १९ बर्षेका युवा डिफेंसिव मिडफिल्डरको रूपमा पनि खेल्न सक्षम छन्।

खबर छ कि उक्त युवा खेलाडीमा म्यान्चेस्टर युनाइटेडले आफ्नो नजर राख्दै आएका छन्।

प्रतिवेदनले सनसनीखेज पनि खुलासा गरेको छ कि एन्टोभ सोफियाको सबै भन्दा कान्छो उमेरको खेलाडी बनेका थिए र १४ वर्षको उमेरमै उनले कप्तानको आर्म्बान्ड पनि लगाउन सफल भैसकेका थिए।

हाल उनि १९ वर्षका हुन् र उनलाई युरोपको एक उत्कृष्ट युवा प्रतिभा मध्ये एक मानिन्छ।