£१४२ मिलियन तिरेर साइन गरेको खेलाडीलाई यति थोरै रकममा बेच्न बार्सा तयार

बार्सिलोना आफ्नो स्टार मिडफिल्डर काउटिन्होलाई बेच्न तयार रहे पनि उनको लागि अन्य क्लबहरूबाट प्रस्ताव नआए पछि बार्सिलोना अन्योलमा परेको छ र हाल खबर अनुसार बार्सा उनलाई कम रकममा बेच्न तयार हुने छ। मिडफिल्डर जनवरी २०१८मा ला लिगामा आफ्नो सपनाको क्लबमा पुगे तर उनले बार्सामा आफूले सोचेको जस्तो समय पाएनन्।

उनले बार्सामा धेरै खेल समय पाएनन् र बायर्न म्युनिखमा लोनमा गएका थिए र हाल उनी चोटको कारण मैदान बाहिर रहेका छन् र यस गर्मीको विन्डोमा उनलाई बार्साले ट्रान्सफरको लागि उपलब्ध रहेको घोषणा गरेको छ।

काउटिन्हो बार्साको सबैभन्दा महँगो खेलाडी रहेका छन् बार्साले काउटिन्होलाई £१४२ मिलियनमा साइन गरेको थियो र हाल सम्म उनको लागि कुनै प्रस्ताव भने नआए पछि बार्साले उनलाई £२० मिलियनमै बेच्न सक्ने मुन्डो डिपोर्टिभोले जनाएको छ।

२८ वर्षका काउटिन्हो बार्सा छोड्न तयार रहेको पनि कुरा छ तर हाल सम्म उनको लागि कुनै प्रस्ताव नआए पछि बार्साले उनको मूल्य धेरै कम सेट गरेको छ र उक्त मूल्यमा उनलाई साइन गर्न आर्सनल र एसी मिलान इच्छुक रहेको जानकारी छ।