१३ औँ संस्करण एकदिवसीय विश्वकप भारतमा हुने तय

१३ औँ विश्वकप क्रिकेट भारतमा हुने पक्का भएको छ। ४ वर्षपछि हुने एकदिवसीय विश्वकपको आयोजक राष्ट्रका रूपमा भारतलाई तय गरिएको आइसिसीले जनाकारी दिएको छ।

भारतले पहिलोपटक विश्वकप क्रिकेटको एकलैले आयोजना गर्न लागेको हो।

यसअघि १९८७, १९९६ र २०११ मा भारतले श्रीलंका, पाकिस्तान र बंगलादेशसित संयुक्त रूपमा विश्वकपको आयोजना गरेको थियो।