१२९ वर्षको इतिहासमा पहिलो पटक लिभरपुलको लगातार ५ हार

साबिकको लिग विजेता लिभरपूलको यो सिजन निकै खराब रहेको छ र चेल्सी सँगको १-०को हार पछि लिभरपूलको यो ५ लगातार होम हार रहेको छ।

बिहीबार राति भएको खेलमा चेल्सीले लिभरपुललाई उसैको मैदानमा १-० गोल अन्तरले पराजित गरेको हो। जनवरीमा बर्नले सँगको १-०को हार पछि लिभरपुलले लगातार आफ्नो होममा हारको सामना गरेको छ।

बर्नले सँगको हार पछि लिभरपुल ब्राइटन सँग १-०, म्यान सिटी सँग ४-१ले, एभरटन संग २-०ले र हाल चेल्सी सँग १-०ले हारेको छ।

चेल्सी सँगको हार पछि १२९ वर्षको क्लब इतिहासमा पहिलो पटक लिभरपुलले लगातार ५ होम खेल हारेको छ।

हार पछि लिभरपुल ४३ अङ्क जोडेर सातौँ स्थानमा रहेको छ भने चेल्सी लिगको चौथो स्थानमा उक्लिएको छ । चेल्सीले २७ खेलमा ४७ अङ्क जोडेको छ ।