£१२५ मिलियन र दुई खेलाडी दिएर युभेन्टसले पोग्बा साइन गर्न

युभेन्टसले म्यान्चेस्टर युनाइटेड मिडफील्डरका पोग्बा साइन गर्न आफ्नो दुई खेलाडी र £१२५ मिलियनको अफरका लागि तयार रहेको खबर छ।

गज्जेता डेल्लो स्पोर्टका अनुसार म्यान्चेस्टर युनाइटेडका स्टार मिडफील्डर पोग्बा साइन गर्न आरोन रामसे र एड्रियन राबिओट र £१२५ मिलियन दिन युभेन्टस तयार छ।

मिडफिल्डरका पुरानो क्लब युभेन्टसले उनलाई टुरिनमा फिर्ता गर्न योजना तयार गरेको हो।

युभेन्टसले £१२५ मिलियनको प्याकेजलाई अन्तिम रूप दिएका छन्, जसमा मिडफिल्डरको तलब शामिल छ, र सम्झौतामा रामसे र एड्रियन राबिओट दुबै हुने खबर छ।

दुबै खेलाडीहरू क्रमशः आर्सेनल र पेरिस सेन्ट-जर्मेनबाट अन्तिम ग्रीष्ममा मात्र युभेन्टसमा सामेल भएका थिए।

तर दुबै खेलाडीहरूले सुरूवाती इलेवनमा नियमित स्थान सुरक्षित गर्न सकेका छैनन् र क्लबबाट बाहिर जाने देखा परेको छ।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ