२०२२को विश्व कपमा निकै उत्कृष्ट प्रदर्शन देखाएका अर्जेन्टिनाका स्टार खेलाडी एन्जो फर्नान्डेजलाई साइन गर्ने प्रयासमा प्रिमियर लिग क्लब चेल्सी रहेको छ।
Chelsea are now in direct talks with Benfica for Enzo Fernández. Chelsea want to offer huge fee instead of paying release clause in one solution 🚨🔵 #CFC
Benfica always asked full €120m clause.
Understand Enzo already said yes to Chelsea.#LFC or #MUFC made no bid, as of now. pic.twitter.com/Kdvz5Eargi— Fabrizio Romano (@FabrizioRomano) December 30, 2022
२१ वर्षका स्टार मिडफिल्डरको खेल निकै राम्रो रहेको छ जसको कारण धेरै ठुलो युरोपियन क्लबहरूको नजर उनी माथि पर्न सुरु भएको छ भने चेल्सी हाल उनको क्लब बेनिफिका सँग प्रत्यक्ष सम्पर्कमा रहेको फाब्रिजियो रोमानोले जनाएका छन्।
पोर्चुगिज क्लब बेनिफिकामा एन्जो फर्नान्डेजले २५ खेल खेल्दै ३ गोल र ५ असिस्ट गरेका छन्। उनलाई बेच्न बेनिफिका इच्छुक रहेको जानकारी छ र उनको सम्झौतामा १२० मिलियन युरोको रिलिज क्लज रहेको छ।
इटालियन ट्रान्सफर विज्ञ फाब्रिजियो रोमानोका अनुसार चेल्सी र बेनिफिका बीच वार्ता हुँदै गरेको छ। चेल्सी एन्जोलाई उनको १२० मिलियनको रिलिज क्लज भन्दा कम रकममा साइन गर्ने प्रयासमा रहेको छ।
More on Enzo Fernández saga. Again, there are no other clubs currently in talks with Benfica, just Chelsea with ‘green light’ of the player. 🚨🔵 #CFC
Liverpool and Man United appreciate Enzo but never submitted any official bid, as of now.
Benfica will decide in the next days. pic.twitter.com/z6TgEKQQif
— Fabrizio Romano (@FabrizioRomano) December 30, 2022
२०२२को विश्व कपमा उनको उत्कृष्ट प्रदर्शन पछि अर्जेन्टिनाका सुपरस्टार मेस्सीले पनि उनको प्रशंसा गरेका थिए जसको कारण धेरै क्लबहरूको नजर उनी माथि पर्न सुरु गरेको थियो। चेल्सी सहित लिभरपुलको पनि नजर उनी माथि रहेको थियो तर हाल खबर अनुसार उक्त दौडमा चेल्सी धेरै अगाडी रहेको छ।
फर्नान्डेज २०२२को जुनमा अर्जेन्टिनाको क्लब रिभर प्लेटबाट पोर्चुगिज क्लबमा आबद्ध भएका थिए भने उनलाई बेच्न पोर्चुगिज क्लबले उनको मूल्य €१२० मिलियन सेट गरेको थियो।