१० वर्ष अघि बनाएको फेल्प्सको रेकर्ड मिलाकले तोडे

हंगेरीका १९ वर्षीय पौडी खेलाडी क्रिस्टोफ मिलाकले अमेरिकी पौडी खेलाडी माइकल फेल्प्सको रेकर्ड तोडिदिएका छन्।

वल्र्ड च्याम्पियनसिपमा २०० मिटर बटरफ्लाई स्पर्धामा फेल्प्सको रेकर्ड तोडेका हो। मिलाकले १ मिनेट ५०ः७२ सेकेन्डको टाइमिङका साथ दुरी पूरा गरेर स्वर्ण पदक जितेका थिए। फेल्प्सले १० वर्षअघि २०० मिटर बटरफ्लाईमा कीर्तिमान बनाएका थिए। उनले सो दुरी १ मिनेट ५१ः५१ सेकेन्डमा पूरा गरेका थिए। उनले २००९ रोममा बनाएको रेकर्डमा ०.७८ सेकेन्डले मिलाकले तोडिदिएका हुन्।

मिलाकले २०० मिटर बटरफ्लाईतर्फ जितेको यो पहिलो पदक हो। उनी २०० मिटरमा च्याम्पियन बन्ने दोस्रो कान्छा खेलाडी हुन्। १८ वर्षका उमेरमा २००३ मा फेल्प्स च्याम्पियन बनेका थिए।

स्वर्ण जितेपछि मिलाकले भने, ‘रेकर्ड बनाएपछि गर्व महसुस हुने नै भयो। १४ वर्षको उमेरसम्म म ब्याकस्ट्रोकर थिए । त्यसपछि मेरो ध्यान बटरफ्लाईमा गयो।

फेल्प्सले सन् २०१६ को रियो ओलम्पिकपछि पौडीबाट सन्न्यास लिएका थिए। उनले पौडीमा २८ पदक जितेका छन्। जसमा २३ स्वर्ण, ३ रजत र २ कास्य रहेको। उनले पौडी करियमा कुल ६६ स्वर्ण, १४ रजत र ३ कास्य पदक जितेका छन्।