१० वर्षमा पहिलो पटक युभेन्टस लिग जित्न असफल

इन्टर मिलानको क्रोटोन विरुद्धको २-०को जीत गत पछि युभेन्टस १० वर्षमा पहिलो पटक लिग जित्न असफल रहेको छ।

गत १० वर्षमा युभेन्टसले ९ पटक इटालियन सिरी ए लिग जितेको छ भने यो वर्ष युभेन्टस लिग जित्न असफल भएको छ र लगातार १० पटक लिग जित्नबाट युभे चुकेको छ।

युभेन्टस अर्को सिजन च्याम्पियन्स लिग खेल्न नपाउने खतरामा पनि रहेको छ। हाल युभे लिगको पाँचौँ स्थानमा रहेको छ र हाल युभेको ६६ अङ्क रहेको छ भने इन्टर ८२ अङ्कको साथ लिगको शीर्ष स्थानमा रहेको छ। लिगमा युभेन्टसले ५ खेल खेल्न बाँकी रहेको छ भने लिग जित्ने सम्भावना अन्त्य भए पछि युभेन्टसको मुख्य लक्ष्य लिगको शीर्ष ४ भित्र पुग्ने हुने छ।

इन्टरको जितको साथ १० वर्षमा पहिलो पटक युभेन्टस लिग जित्न असफल भए पनि लिगमा क्लबका सुपरस्टार रोनाल्डोको निकै राम्रो रेकर्ड रहेको छ।

अर्को वर्ष युभेले च्याम्पियन्स लिग खेल्न नपाए रोनाल्डोले क्लब छोड्न सक्ने पनि धेरै चर्चा रहेको छ।