१० नम्बरको जर्सी मेस्सीलाई दिन नेमार तयार

BARCELONA, SPAIN - FEBRUARY 04: Lionel Messi (R) of FC Barcelona celebrates with his teammate Neymar Santos Jr after scoring his team's second goal during the La Liga match between FC Barcelona and Athletic Club at Camp Nou stadium on February 4, 2017 in Barcelona, Spain. (Photo by Alex Caparros/Getty Images)

फ्रेन्च क्लब पिएसजी हाल अर्जेन्टिनाका सुपरस्टार मेस्सी सँग सम्पर्कमा रहेका छन् र पिएसजी उनलाई साइन गर्ने मुख्य दाबेदारको रुपमा रहेको छ भने क्लबका ब्राजिलियन सुपरस्टार नेमार पनि आफ्नो पूर्व टिम मेट मेस्सीलाई क्लबमा भित्राउन प्रयास गर्दै छन्।

मेस्सी पिएसजीमा जाने चर्चाहरू हुँदै गर्दा नेमार पनि मेस्सी सँग फेरी खेल्न इच्छुक छन् भने उनलाई क्लबमा भित्राउन नेमार आफ्नो १० नम्बरको जर्सी मेस्सीलाई दिन तयार रहेको चर्चा छ तर खबर अनुसार मेस्सीले नेमारको सो प्रस्ताव अस्वीकार गर्ने छन् र उनी पिएसजी आए १९ नम्बरको जर्सी लगाउने छन्।

मेस्सी आफ्नो १० नम्बरको जर्सीको लागि धेरै प्रसिद्ध छन् जुन उनले बार्सा र अर्जेन्टिनामा धेरै समय देखि लगाएका छन् भने हाल पिएसजीमा नेमारले उक्त जर्सी लगाउने गर्छन् तर मेस्सीको लागि उनी उक्त जर्सी छोड्न तयार रहेका छन्

तर मेस्सी नेमार सँग उक्त जर्सी लिन तयार नहुने जानकारी छ र पिएसजीमा मेस्सीले १९ नम्बरको जर्सी लगाउने छन् जुन उनले बार्सा र अर्जेन्टिनामा १० नम्बरको जर्सी पाउनु अगाडी लगाउने गर्थे।

हाल खबर अनुसार पिएसजी उनलाई साइन गर्ने दौडमा धेरै अगाडी रहेका छ भने पिएसजीले मेस्सी सँग सम्पर्क गरेको छ। यो ट्रान्सफर विन्डो पिएसजीले अच्राफ हाकिमी,रामोस जर्जिनियो विज्नाल्डम र जियानलुजी डोनारुम्मा जस्ता खेलाडीहरू साइन गरेको छ भने मेस्सी साइन गर्न सके पिएसजी अविश्वसनीय रुपमा बलियो हुने छ।